पाल्पाली सहकारीको चौंथो वार्षिकोत्सवमा रक्तदान

पाेखरा | असार १४, २०७९

पाल्पाली सहकारीको चौंथो वार्षिकोत्सवमा रक्तदान

 

पोखरा :     पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो वार्षिकोत्सव अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरे ।

 

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पाल्पाली समाज पोखराले लामो समयदेखि गर्दै आएको सामाजिक क्रियाकलापलाई आपूmले नजिकबाट हेरेको बताए । उनले पाल्पासँग पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा स्ट्रिट नम्बर राख्ने तयारी गरिएको पनि जानकारी दिए ।

 

नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की अध्यक्ष वीरेन्द्र पराजुलीले रक्तअभाव खड्किएको माग पूरा गर्दै आफ्नो संजाल ३५ जिल्लामा बिस्तार भएको जनाए ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अन्य चिजबस्तु जस्तो रगत बनाउन नसकिने र यसको मद्दतले मानवको जीवन बाँच्न सक्ने भएकोले रक्तदान जीवनदान र जीवनदान महादान भएको उल्लेख गरे ।

 

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनकर्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारी लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं संस्थाका सचिव रेशम रचकले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र पोखराले गरेको हो ।

 

पहिलो रक्तदाता सेयर सदस्य इन्दिरा पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रम सहकारीको कार्यालय पोखरा ९, नयाँबजार परिसरमा भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको पाल्पाली समाज पोखराका अध्यक्ष समेत रहेका सहकारी सचिव रचकले बताए । सहकारी वार्षिकोत्सव अवसरमा केही दिनअघि आनन्दित गृहमा युरोगार्ड सहयोग गरिएको थियो । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्